थ्री स्टारलाई हराउँदै हिमालयन शेर्पा सेमिफाईनलमा

1552485105three star

इलाम । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार क्लब इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टरफाइलन खेलमा पराजित भएको छ । बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबले थ्री स्टारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

कप्तान अनिल गुरुङको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा थ्री स्टार क्वार्टरफाईनलबाटै बाहिरिन बाध्य भयो ।

हिमालयन शेर्पाकालागि बिजय श्रेष्ठले बराबरी गोल फर्काएका थिए । ६८ औ मिनेटमा त्रिवेद गुरुङले शेर्पा क्लबलाई २–१ को अग्रता दिलाए ।

७३ औ मिनेटमा थ्री स्टारको डिफेन्स लाईनलाई छलाउँदै सुनिल खड्काले ३–१ को जित दिलाउन सफल भए ।

हङकङको नेप्लिज फुटबल एकेडेमीलाई ५–१ गोल अन्तरले हराउँदै शेर्पा क्लब क्वार्टरफाइनल पुगको थियो ।

प्रतियोगिता अन्र्तगत भोली (बिहिबार) क्यामरुनी क्लब दाफिन्सले विभागीय टिम एपीएफको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...