रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको उत्कृष्ट पुनरागमन

Ronaldo

काठमाडौं । शानदार पुनरागमन गर्दै युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा अन्तिम ८ मा स्थान बनाएको छ । घरेलु मैदानमा मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडमाथि ३–० को शानदार जित निकाल्दै इटालियन च्याम्पियन युभेन्टसले समग्रमा ३–२ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा २–० ले पराजित भएको युभेन्टसका लागि युरोपियन प्रतियोगितामा शानदार पुनरागमन गराउनका लागि यहि सिजन रियल मड्रिडबाट गएका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

युभेन्टसका लागि तीनै गोल रोनाल्डोले गरेका हुन् । पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा दुई गोल गरेका हुन् । २७ औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता लियो । ४९ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टसले दोस्रो लेगमा २–० को अग्रता लियो भने समग्रमा २–२ को बराबरी बनायो ।

खेलको अन्तिम समयतिर युभेन्टसले पेनाल्टी पायो । ८६ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । रोनाल्डोको ह्याट्रिकले युभेन्टस समग्रमा ३–२ ले विजयी भयो र अघिल्लो चरणमा स्थान पक्का गर्न सफल भयो ।

रोनाल्डोको लयमा उचालियो तुरिन

रोनाल्डो पछिल्लो पाँच सिजनमा चारपटक च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेपछि यो सिजनको सुरुमा रियल मड्रिडबाट युभेन्टसमा अनुबन्धित भएका हुन् ।

९९ मिलियन पाउण्डमा आएका रोनाल्डोको सर्वोत्कृष्ट प्रदर्शन हेर्न तुरिन क्लब युभेन्टसका फ्यान पर्खिरहेका थिए । र रोनाल्डोले त्यो अवसर बनाए क्लबलाई सबैभन्दा चाहिएको अवस्थामा ह्याट्रिक तथा उत्कृष्ट पुनरागमन गरेर ।

रोनाल्डोले युभेन्टसलाई च्याम्पियन्स लिग फुटबलको अघिल्लो चरणको बाटो देखाउँदै गर्दा त्यसको साझी बन्न तुरिनमा रहेको रंगशालमा जम्मा भएका समर्थक उत्साहले उचालिए ।

४९ औँ मिनेटमा हेड मार्फत गोल गरे समग्रमा बराबरी गरेका रोनाल्डोले अन्तिम समयतिर फेडेरिको बेर्नाडेस्कीलाई एथ्लेटिकोका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै आवश्यक जित दिलाए ।

रोनाल्डोले च्याम्पियन्स लिगमा गरेको गोलको संख्या १२४ पुगेको छ । उनले ८ पटक ह्याट्रिक गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...