साफ महिला च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

1434275430914862933sabitra.

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो ।

विराटनगरको सहिद रंगशालामा सुरुवातबाटै आक्रमक दखिएको नेपालले १३ औ मिनेटमा अग्रता बनाएको थियो । १३ औ मिनेटमा मन्जिलीकुमारी योञ्जलले नेपालका लागि पहिलो गोल गरिन् । दायाँ भागबाट पहिलो बार च्यापेर मन्जिली गोल गर्न सफल भईन् थिईन् ।

नेपालले लगत्तै दोस्रो गोल गर्न सफल रह्यो । १६ औ मिनेटमा सावित्रा भण्डारीले भुटानको कमजोर डिफेन्सको फाईदा उठाउदै गोल गरेकी थिईन् । तेस्रो गोल ५४ औ मिनेटमा सम्भव भयो । अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले टच लाईनमा झारेको बललाई कप्तान निरु थापाले पोस्टको दिशा दिईन् ।

भुटानविरुद्व निरन्तर आक्रमण बुनेपनि नेपालले थप गोल गर्न सकेन । ४१ औ मिनेटमा सावित्रा वान भर्सेस वानमा गोल गर्न चुकिन् । ४४ औ मिनेटमा मञ्जिलीले डिबक्सभित्रबाट प्रहार गरेको शक्तिशाली प्रहार पोस्ट नजिकैबाट बाहिरियो । 

पहिलो हाफको ईन्जुरी समयमा सावित्राको क्रसमा अनिता बस्नेतले ट्याप गरेको बल भुटानकी गोलकिपरले मुस्किलले बचाईन् । समुह एमा रहेको नेपालले तीन अंक जोड्न सफल भएको छ । भुटानविरुद्वको सहज जितले नेपाल सेमिफाईनलको नजिक पुगेको छ । समुह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसंग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...