साफ महिला च्याम्पियनसिप फुटबल आजबाट, सुखद सुरुवात नेपालको लक्ष्य

10185431711542712494logo

काठमाडौं । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ ।

विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, घरेलु मैदानको साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।

भुटानविरुद्धको खेल जित्दै नेपाल सेमिफाइनलमा पुग्ने बलियो आधार खडा गर्न चाहन्छ । बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ ।  नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालले सुरुवातमा समूह चरण पार गर्ने लक्ष्य लिएको बताईसकेका छन् । 

'हामी सबै विपक्षि राष्ट्रलाई कम आँक्ने छैनौं । नेपालको मनोबल उच्च रहेको छ,' प्रशिक्षक हरि खड्काले भने, 'पहिले समूह चरणमा नै ध्यान दिने छौं । घरेलु मैदानमा खेल्नु दबाब भन्दा पनि अवसर हो । सबै खेलाडीमा उपाधि जित्ने भोक रहेको छ ।' 

पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाललाई घरेलु समर्थकहो साथ पनि हुनेछ ।

त्यसैले प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।

तर, भुटानले नेपाललाई कडा टक्कर दिने बताएको छ । भुटानका कप्तान सोन्मा छोडेनले नेपाललाई चुनौती दिने गरि तयारी गरेको बताएकी छिन् ।

'नेपाल बलियो टोलि हो तर, हामीले टक्कर दिने छौं भन्नेमा आशावादी छौं,' कप्तान छोडेनले भनिन्, 'हामीले सोहि अनुसार तयारी गरेका छौं ।'

साफमा कति टिम ?

यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । 

च्याम्पियनसिपको समूह 'ए' मा नेपाल, भुटान र बंगलादेश रहेको छ । समूह 'बी' मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

साफ उद्घाटन :   प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले गर्ने एन्फाले जनाएको छ । उद्घाटन अघि झाकीसहित बिशेष प्रस्तुती हुनेछ  ।

टिकट मूल्य ? एन्फाले साफ च्याम्पियनसिपका लागि फरक फरक टिकट मूल्य राखेको छ । लिग चरणका लागि एन्फाले भिआइपी तर्फ ३ सय र साधारण प्याराफिटतर्फ २ सयको टिकट राखिएको एन्फाले जनाएको छ ।

टिकट इसेवाबाट र महिला शिप विकास कला केन्द्र विराटनगर र विरेन्द्र सभा गृहबाट किन्न सकिने छ ।

रंगशाला १ बजेदेखि २ बजेसम्म खुल्नेछ । रंगशालामा पानीको बोत्तल बाहेक अन्य वस्तुहरु हेल्मेट, सिक्का, छाता, झण्डा राख्ने डण्डी, डटपेन, सलाई, लाइटर लगायत प्रज्वलनशील बस्तु लैजान पाईने छैन् ।

साफमा नेपाल र भूटानको अवस्था

९ वर्ष अघिबाट सुरु भएको साफ अन्र्तगत पहिलो संस्करणमा नेपाल र भूटानबीच कुनै खेल भएन। बंगलादेशमा आयोजित सो संस्करणमा दुवै टोली फरक फरक समूहमा रहेका थिए। सो प्रतियोगिताको समूह ए मा परेको भूटान समूह चरणमा कुनै खेल नजित्दै प्रतियोगिताबाट बाहिरिएको थियो। जसमा भूटानले १ गोल गर्दा २८ गोल आत्मसात गरेको थियो। यद्यपि, नेपाली टोली भने समूह चरणको तीन खेलमा अपराजित रहदै सेमीफाइनलमा प्रवेश गरेको थियो। सो प्रतियोगितामा उपविजेतामा सिमीत बनेको नेपाली टोली भारतसंग एक शून्यले पराजित भएको थियो। प्रतियोगितामा नेपालले सेमीफाइनलमा घरेलु टोली बंगलादेशलाई ३ शुन्यले स्तब्ध बनाएको थियो।

माल्दिभ्समा आयोजित दोश्रो साफमा पनि नेपाल र भूटान अलग अलग समूहमा परेका थिए। समूह बी मा रहेको नेपालले समूह चरणको तीनै खेलमा जित हात पार्दै सेमीफाइनलको यात्रा तय गरेको थियो। सेमीफाइलनमा नेपालले श्रीलंकालाई ३ शुन्यले पराजित गर्दै उपाधि होडमा रहेको थियो। यद्यपि दोश्रो पटक उपाधि नजिक पुगेको नेपाललाई भारतीय टोलीले ३–१ गोलले पराजित गरेको थियो।

अर्कोतर्फ समूह ए मा भूटान समूह चरणको सबै खेलमा पराजित भएको थियो। यस क्रममा भूटान भारतसंग ११ शुन्यले स्तब्ध बनेको थियो।तेश्रो साफपाकिस्तानमा आयोजित तेश्रो साफमा नेपाल र भूटान एउटै समूहमा परेका थिए।

समूह बी रहेको नेपालले भूटानलाई पहिलो खेलमा ८ शुन्यले पराजित गरेको थियो। नेपालको फराकिलो जितमा अनु लामा, दिपा अधिकारी, सजना रानाले समान दुइ गोल गरेका थिए।त्यसैगरी, सावित्री भण्डारी र मेनुका गिरीले समान एक गोल गरेका थिए। नेपाली टोली उपविजेता बनेको यस संस्करणमा भूटान भने समूह चरणबाटै बाहिरिएको थियो।

यस क्रममा नेपालले १४ गोल गरेको थियो। यद्यपि भूटानले एक गोल गर्दा १५ गोल आत्मसात गरेको थियो।चौथो साफभारतमा आयोजित चौथो साफमा नेपाल र भूटान दुवै टोली समूह एमा रहेका थिए। तथापि नेपाली टोली समूह चरणको सबै खेल जित्दै सेमीफाइनलमा पुगेको थियो।

सेमीफाइलनमा आयोजक राष्ट्र भारतसंग स्पर्धा गरेको नेपाल एकका विरुद्ध तीन गोलको अन्तर प्रतियोगिताबाट बाहिरिएको थियो। सो खेलमा समेत नेपालको लागि सावित्री भण्डारीले एक गोल गरेकी थिइन्। यस संस्करणमा समेत नेपालद्वारा भूटान ८ शुन्यको अन्तरले पराजित भएको थियो।

नेपालको जितमा सावित्री भण्डारीले ६ गोल गरेकी थिइन्। त्यसैगरी, शर्मिला थापा र कृष्ण खत्रीले समान एक गोल गरेका थिए।भूटान भने समूह चरणको तीन खेलमा हारको सामना गरेको भूटानले एक गोल गर्दै १३ गोल आत्मसात गरेको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...