बेन्जिमाको दुई गोल, रियल मड्रिडको सहज जित

1552266208real madrid

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । आईतबार राति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि ४–१ को सहज जित निकालेको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे ।

मोहमेदले २९ औ मिनेटमा गोल गर्दै भालाडोलिडलाई सुरुवाती अग्रता दिलाएका थिए । राफेल भारानेले ३४ औ मिनेटमा बराबरी गोल फर्काए । बेन्जिमाले ५१ औ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५९ औ मिनेटमा हेड गोल गर्दै उनले रियललाई ३१ को स्थितीमा ल्याएका थिए ।

८० औ मिनेटमा क्यासमिरोले दोहोरो पहेलोको कार्ड खादै मैदान बाहिरिएपछि रियल अन्तिम १० मिनेट १० खेलाडीमा सिमित बनेको थियो । खेल सकिन ५ मिनेट अगाडी लुका मोड्रिचले गोल गर्दै रियललाई ४–१ को जित दिलाउन सफल रहे ।

तेस्रो स्थानको रियलको ५१ अंक छ । क्लबले पछिल्ला ६ खेलमा मात्र दुई जित निकालेको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछाडी छ । सोसिडाड ३५ अंक सहित तालिकाको नवौ स्थानमा छ ।

गत मंगलबार घरेलु मैदानमा डच क्लब अजाक्ससंग ४–१ ले पराजित भएपछि रियलका प्रशिक्षक सोलारीको जागिर धरापमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...