आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, अर्को खेलमा लिभरपुल विजयी

S8yzkoxfiw3xzo1jkcyn

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको यो पहिलो लिग हार हो ।

गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा ग्रानिट झाका र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।

प्रिमियर लिग फुटबलको अर्को खेलमा लिभरपुलले बर्न्लेलाई ४–२ ले हराएको छ । लिभरपुलको जितमा रोबर्टो फर्मिनो र सादियो मानेको दुई÷दुई गोल सामेल थियो ।

गएराति चेल्सीले भने वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरी खेलेको छ ।

वुल्भरह्याम्पटनका राउल जिमिनेजले पहिलो गोल गरेको खेलमा चेल्सीका एडिन हाजार्डले ईन्जुरी समयमा एक गोल फर्काउँदै टोलीलाई हारबाट जोगाए ।

गएरातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३० खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

७३ अंकका साथ लिभरपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ६१ अंक छ ।

६० अंकसहित आर्सनल चौथो स्थानमा उक्लिँदा ५८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड पाँचौ स्थानमा छ ।

एक खेल कम खेलेको चेल्सी भने ५७ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...