उद्घाटन खेलमा दार्जिलिङ युनाइटेडसँग आयोजक माइभ्याली क्लव पराजित

Footballll

इलाम। इलाममा आजदेखि शुरु भएको माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा दार्जिलिङ युनाईटेड क्लब विजयी भएको छ ।

दार्जिलिङ युनाईटेड क्लबले आयोजक माईभ्याली क्लबमाथि ईञ्जुरी टाइममा एक गोल गर्दै जित हासिल गरेको हो ।

दार्जिलिङ युनाईटेडका देवाशिष राईले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो ।

आजको खेलको म्यान अफ दि म्याच दार्जिलिङका वाङदेन तामाङ भए । प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता छ ।

गोल्डकपको विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भोलिको खेल नेपाल फूटबल एकाडेमी हङकङ र हिमालयन शेर्पा क्लब काठमाडौंबीच हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...