पिएसएलमा सन्दीपको महँगो बलिङ, लाहोरविरुद्ध इस्लामावादको रेकर्डको वर्षा

Sandeep

काठमाडौं।  पाकिस्तान सुपर लिग (पिएसएल)अन्तर्गत इस्लामावाद युनाइटेडले लाहोर क्लान्डर्सविरुद्ध रेकर्डको वर्षा गरेको छ। 

पहिले ब्याटिङ गरेको इस्लामावादले २० ‌ओभरमा ३ विकेटको क्षतिमा २ सय २३ रन जोड्यो। यो योगफल पिएसएलकै सर्वाधिक हो। यस्तै कराँची मैदानमा पनि बढी स्कोर हो। 

इस्लामावादका लागि क्यामरन डेलपोर्टले ६० बलमा १३ चौका र ६ छक्काको मद्दतमा १ सय १७ रन जोडे। उनले ४९ बलमा शतक पूरा गर्दा पिएसएलको सर्वाधिक छिटो शतक बन्यो। असिफ अलीले २१ बलमा ५५ बटुले। उनी १७ बलमै अर्धशतक बनाएर छिटो अर्धशतकको रेकर्ड बनाए। 

बलिङमा लाहोरका सहीन अफ्रिदी,सन्दीप लामिछाने र डेभिड विसेले १–१ विकेट लिए। सन्दीपले ४ ओभरमा ४६ रन खर्चिएका थिए भने अफ्रिदीले ६२ रन दिएका थिए। अफ्रिदी पिएसएलमा सबैभन्दा बढी रन दिने खेलाडी बने। 

२ सय ३९ रनको लक्ष्य पछ्याएको लाहोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन मात्र जोड्दा  ४९ रनले पराजित भयो। हारसँगै लाहोरको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ। पुछारबाट दोस्रो स्थानमा रहेको लाहोरलाई अब अन्तिम खेलमा जित निकाले पनि प्लेअफ पुग्न अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ। इस्लामावाद भने शानदार जितसँगै प्लेअफमा पुगेको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...