बार्सिलोनालाई ७ अंकको अग्रता

1552179309barsa

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाको जितमा जेराड पीके,लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे । भालेकानोका राउल डी टोमसले एक गोल गरे ।

Lionel Messi celebrates after his penalty put Barcelona in front against Rayo Vallecano after coming from behind

खेलमा भालेकानोले २४ औं मिनेटमा टोमसको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, ३८ औं मिनेटमा पीकेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलिलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३-१ को जित पक्का गरे । 

Gerard Pique celebrates with Arturo Vidal after scoring Barcelona's equaliser against Rayo Vallecano

जितसंगै बार्सिलोनाले लिगमा ७ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले २७ खेलबाट ६३ अंक जोडेको छ । र, बार्सिलोनाले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ । शनिबार राति एट्लेटिकोले लेगानेसलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

Rayo Vallecano's Alex Moreno competes for the ball with Barcelona midfielder Vidal during the La Liga clash

Luis Suarez scored Barcelona's third goal in the 82nd minute to effectively secure their victory against Rayo Vallecano

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...