झापा गोल्डकप: सेमिफाइनलमा आज आर्मी र दाउफिन्सबीच प्रतिस्पर्धा हुँदै

Jhapa

झापा । चौंथो संस्करणको झापा गोल्डकप फुटबलको अन्तिम सेमिफाइनल खेल आज हुँदैछ । आज हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र क्यामरुनको दाउफिन्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै झापाले फाइनलमा स्थान सुरक्षित गरेको छ । झापाले अब उपाधिका लागि आजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...