नेपालले मलेसिया र कुवेतसंग मैत्रीपूर्ण खेल खेल्ने

13610995081543483928nepal

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालले कुवेत र मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

मुख्य प्रशिक्षकमा जोहान कालिनको आगमनपछि एन्फाले दुई मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । नेपाली टोलीका व्यवस्थापक दावा लामाले मैत्रीपूर्ण खेलका लागि टोलीको प्रशिक्षण सुरु भईसकेको बताए ।

‘मैत्रीपूर्णको लागि आज पहिलो दिन हामीले प्रशिक्षण गरायौँ । १२–१३ जना खेलाडीको उपस्थिति थियो,' लामाले खेलपाटीसंग भने । नेपालले कुवेतसंग आगामी मार्च २१ मा उसैको मैदानमा खेल्नेछ । यस्तै २६ मार्चमा मलेसियासंग नेपालले मलेसियामै खेल्नेछ ।

मुख्य प्रशिक्षक कालिनको लागि यस मैत्रीपूर्ण खेल परिक्षणको रुपमा रहने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...