झापा गोल्डकप फुटबल: पुलिसलाई पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा

53461726 329860117642893 3414376043996250112 n

झापा। थ्रीस्टार क्लब चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ‘टाइब्रेकर’मा ३—० ले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा पुगेको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएकोे खेल निर्धारित् समयमा गोलरहित बराबरी भएपछि सीधै टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी ‘सुटआउट’मा पुलिसका विराट शाह र अजित भण्डारीको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले रोकेपछि पुलिस प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

खेलको ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने नै घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् बिहीबार रुपन्देही–११ र क्यामरुनको दाउफिन्स फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...