सन्दीप र सीताले जिते सिप्यान क्रिकेट वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

Sandeep

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु सन्दीप लामछिाने र सीता रानामगरले वर्षको उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड जितेका छन् ।
आज क्रिकेट खेलाडी संघ (सिप्यान)ले राजधानीमा आयोजना गरेको ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड्स’मा पुरुषतर्फ सन्दीपले बाजी मारेका हुन् ।


गत वर्ष देश–विदेशका झन्डै एक दर्जन प्रतियोगिता खेलेका लेग स्पीनर सन्दीपले कुल ८४ विकेट लिएका थिए । सन्दीपले वर्ष खेलाडीको मनोनयनमा परेका अरु खेलाडीहरु पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे ।


सिप्यान क्रिकेट अवार्डको महिलातर्फ सीता रानामगर उत्कृष्ट बनिन् । मनोनयनमा परेका अरु खेलाडीहरु इन्दु वर्मा, करुणा भण्डारी, रुविना क्षेत्री र सरिता मगरलाई पछि पार्दै सीताले उपाधि जितेकी हुन् । उदयीमान खेलाडीतर्फ रोहितकुमार पौडेल उत्कृष्ट बने । रोहितले उपाधिका लागि अभिनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र सन्दीप जोरालाई उछिनेका हुन् ।


यसैगरी, वर्षको उत्कृष्ट क्षणलाई पुरस्कृत गरिने ‘मोमेन्ट अफ दी इयर’ विधातर्फ अलराउन्डर करण केसी उत्कृष्ट बने । मनोनयनमा रहेका अरु ९ खेलाडीलाई पछि पार्दै करण उत्कृष्ट बनेका हुन् । आइसीसी डिभिजन–२ प्रतियोगितामा करणको प्रदर्शनले नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।


यसैगरी, पूर्वराष्ट्रिय खेलाडी कोमल पाण्डेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ ।नेपालमा क्रिकेट खेलको विकास र विस्तारमा अतुलनीय योगदान पु¥याएका पाण्डेलाई यसअघि नेपाल खेलकुद पत्रकार मञ्चले पनि लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।

प्रतिकृया दिनुहोस