नेप्लिज एकेडेमीलाई पराजित गर्दै झापा अन्तिम चारमा

Fotbal

झापा । आयोजक झापा– ११ बिर्तामोडमा जारी चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई १–० ले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।

सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा झापाले पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको ४२औं मिनेटमा झापाका निशान्त खड्काको क्रसमा कप्तान कर्ण लिम्बूले हेडमार्फत् बललाई जाली चुमाएका थिए ।

घरेलु मैदानमा दर्शकको भरपुर समर्थन पाएको झापाले सुरुआतदेखि नै हङकङलाई दबाबमा राखेको थियो ।

निशान्त खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । सोवापत उनले १५ हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

 
  

प्रतिकृया दिनुहोस