पहिलो पटक आज क्रिकेट अवार्ड वितरण गरिदै

Nauzdxqdg4job6czzxds

काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले आज क्रिकेट अवार्ड वितरण गर्दैछ । विभिन्न पाँच विधाका क्रिकेट खेलाडी एवं क्रिकेटकर्मीलाई पुरस्कृत गर्ने सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।


रुसी साँस्कृतिक केन्द्र कमलपोखरीमा आज दिउँसो २ बजेदेखि अवार्ड कार्याक्रम आयोजना हुनेछ । सिप्यानले वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ दिपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी तथा महिलातर्फ इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री, सरिता मगर र सिता रानामगरलाई मनोनयनमा राखेको छ ।

सिप्यानले ‘मोमेन्ट अफ दी इयर’ विधाका लागि उत्कृष्ट १० खेलाडीको मनोनयन यसअघि नैं सार्वजनिक गरिसकेको छ । बर्षको उत्कृष्ट हुने पुरुष खेलाडीले एक लाख ३२ हजार रुपैयाँ पाउनेछन् भने अन्य विधाका विजेताहरुले ६६ हजार रुपैंया पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...