१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको मिति तय

Cklvr6aejnn6o91ab1lq

काठमाडौं । नेपालले आयोजना गर्ने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति तय भएको छ ।

थाइल्याण्डको बैंककमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले आगामी डिसेम्बर १ देखि १२ तारिखसम्म हुने गरी सागको नयाँ मिति तय गरेको हो ।

भारतको गुवाहाटीमा सम्पन्न १२ औ सागमा नेपालले अर्को संस्करणको आयोजना गर्ने बाचासहित झण्डा लिएर आएको थियो ।

तर समयमै भौतिक पूर्वाधार निर्माणको काम नसकिंदा प्रतियोगिता अन्यौलमा पर्दै आएको थियो ।

यसअघि, यही मार्चमा आयोजना गर्ने तय भएको प्रतियोगिता अन्तिम समयमा आएर डिसेम्बरका लागि सारिएको हो ।

सागलाई लक्षित गर्दै काठमाडौंको दशरथ रंगशाला र पोखरा रंगशाला निर्माण तीब्र पारिएको छ ।

यसबाहेक अन्य ठूला भौतिक संरचनाहरुको पनि स्तरोन्नतीको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...