ट्याक्टरको ट्रलीबाट खस्दा सहचालकको मृत्यु

Mirtu 1

लमही । ट्याक्टरको ट्रलीबाट खस्दा सहचालककोे मृत्यु भएको छ ।

तुलसीपुरबाट फूलबारीतर्फ जाँदै गरेको रा १ त ३६३३ नं को ट्याक्टरको ट्रलीबाट खसेर सोही ट्याक्टरले किच्दा सहचालक तुलसीपुर– ८ अश्वारा निवासी २६ वर्षीय जीतबहादुर चौाधरीको शनिबार राति घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक रामप्रसाद घर्तीले बताए ।

उनका अनुसार शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर राखिएको छ ।

प्रतिकृया दिनुहोस