फेडेररले जिते शतकीय उपाधि, करियरको १०० औं एपीटी टुर उपाधि

Fede

एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले करियरको १०० औं एपीटी टुर उपाधि जितेका छन् । शनिबार दुबई ड्युटी फ्री टेनिस च्याम्पियनसिपको उपाधि जित्दै फेडेररले उपाधिमा शतक पुरा गरेका हुन् ।

दुबईमा भएको फाइनलमा ग्रिसका स्टेफानोस टिस्टीपासलाई ६-४ र ६-४ को सेटमा हराए । योसंगै ३७ बर्षिय फेडेररले  आफ्नो उपाधिमा शतक बनाए ।

किर्तिमानी २० पटकका ग्रान्डस्लाम विजेता फेडेररले पहिलो उपाधि जितेको ६ हजार ६ सय दिनमा सयौं उपाधि जित्न सफल भए । फेडेररले पहिलोपटक सन् २००१ मा मिलानमा भएको एपीटी टुरको उपाधि जितेका थिए ।

दोस्रो वरियताका फेडेरर अमेरिकाका पुर्व खेलाडी जिमी कोनोर्सपछि १०० औं उपाधि जित्ने दोस्रो खेलाडी बने । कोनोर्सले १०९ उपाधि जितेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...