हेलिकप्टर दुर्घटना : अधिकारी र घिमिरेको शब पहिचान, ५ जनाको डीएनए परीक्षण गर्नुपर्ने

Sub pahichan

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये दुई जनाको मात्रै पहिचान भएको छ । अन्य ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको छ ।

हालसम्म पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको हो । अधिकारीहरुका अनुसार पर्यटनमन्त्री अधिकारीको शव पूर्ण रुपमा जलिसकेको थिएन । पीएसओ घिमिरको उनले लगाएको बुटका कारण पहिचान भएको थियो ।

फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको हो ।

यदी परिवारको सदस्यले पनि शवको पहिचान गर्न नसकेको अवस्थामा प्रहरीसामु शवको पहिचानका लागि अन्तिम विकल्प डीएनए परीक्षण मात्रै रहेनछ । जुन प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हुनेछ ।

घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको छ । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताए ।

बुधबार साँझ दुर्घटनास्थलबाट डोरीको सहायताले ४ जनाको शव निकालिएको थियो भने मौसममा आएको खराबीका कारण ३ जनाको शव बिहीबार बिहान मात्र बिमानस्थलसम्म ल्याइपुर्‍याइएको थियो ।

प्रतिकृया दिनुहोस