११ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

Mirtu jhundiyeko

झापा । बिहीबार बिहान एक बालक झुण्डिएको अवस्थामा फेला परेका छन् ।

दमक-९ बस्ने दुर्गाबहादुर दर्नालका छोरा ११ वर्षीय अनिल दर्नाल मृत अवस्थामा भेटिएका हुन् ।

दमक-५ स्थित गोर्खा डिर्पाटमेन्ट अघि रहेको तमुना टायर ग्यारेजमा राखेको को १ त ७४०० नम्बरको ट्याक्टरको हुटमा रहेको फलामको रडमा झुण्डिएको अवस्थामा दर्नाल फेला परेका हुन् ।

सामान बाँध्न प्रयोग गरिने प्लाष्टिकको डोरीले गलामा पासो लगाई झुण्डिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

दर्नालको पोष्टमार्टमका लागि शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

पारिवारिक स्रोतका अनुसार बालक जहिले पनि घरमा नबस्ने, बाहिर बाहिरै हिँड्ने गरेका थिए। स्थानीय छिमेकीका अनुसार मृतक बालकले लागुपदार्थ सेवन गर्थे ।

घरको अवस्था अत्यन्तै नाजुक रहेको र परिवारमा सधैं झगडा भइरहने स्थानीयको भनाई छ । बालक आफैले आत्महत्या गरेको हो वा कसैले झुण्ड्याइ दिएको हो भन्नेबारे पोष्टमार्टम रिर्पोट पछि थाहा हुने प्रहरी निरीक्षक एक्तेनले बताए ।

शरीरमा कुनै निल डाम तथा चोटपटक नरहे पनि घटनाको बारेमा थप अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस