झापामा स्कुल गेटले किचेर एक बालकको मृत्यु, एक घाइते

Mirtu 884545

झापा । विद्यालयको गेटले किचेर झापाको दमक नगरपालिका-१० मा एक बालकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा छुका हेमरनका ७ वर्षीय छोरा बिजेन्दर हेमरन रहेका छन् । बुधबार दिउँसो साढे २ बजे जनता प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत हेमरनलाई स्कुलमा खेल्ने क्रममा अचानक मेन गेट लडेर किचेको थियो ।

गेटले थिचेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो ।

उपचारको क्रमममा उनको दिउँसो पौने ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

बालकको पोष्टमार्टम पछि दाहसंस्कार गरिएको छ । हेमरनको परिवार मोरङ कानेपोखरी(२ घर भई हाल दमकमा डेरा गरी बस्दै आएको थियो ।

साथै सोही गेटले थिचेर दमक नगरपालिका-१० बस्ने फुलमाया दर्जीको ९ वर्षीया छोरी तारा दर्जी समेत घाइते भएकी छिन् । उनको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

कमजोर संरचनाको सो गेट विद्यार्थी झुण्डिएर खेल्ने क्रममा गेट भत्किएर दुर्घटना हुन पुगेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयले भौतिक संरचनामा ध्यान नर्पुयाउँदा दुस्खद घटना घटेको स्थानीयको भनाई छ।

 

प्रतिकृया दिनुहोस