सात जनाकै शब लगियो पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल

Helicompar sena adhikari sub

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शब काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।

शव बोकेको नेपाली सेनाको हेलिकोप्टर केही बेर अघि मात्रै काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको थियो । त्यसलगत्तै सबै जनाको शबलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको हो ।

दिउँसो १२:१५ मा ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उडेको थियो । हेलिकोप्टर त्रिभुवन विमानस्थल काठमाडौमा दिउँसो १ बजेर १५ मिनेटमा विमानस्थल उत्रिएको विमानस्थल कार्यालका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रविन्द्र अधिकारी सहित अन्य मृतकको शव श्रद्धान्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

प्रतिकृया दिनुहोस