जिपको ठक्करबाट एक जनाको मृत्यु

Mirtu 98798

झापा । झापाको शिवसताक्षीमा मालबाहक बलेरो पिकअप जिपको ठक्करबाट वुधबार राति एक जनाको ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले दिएको जानकारी अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने ४७ वर्षीय दीपक राईको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिम जाँदै गरेको बा ५ च ९४२९ नम्बरको पिकअप जिपले राइलाई पूर्वपश्चिम राजमार्गको दुधेमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका राईको उपचारको लागि विर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस