नेकपाले ३ दिन शोक मनाउने

Nekapa bilding

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीले तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले युवा नेता एवं पर्यटनमन्त्री रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएकोप्रति दुख व्यक्त गर्दै तीन दिनसम्म पार्टीले मुलुकभर कुनै औपचारिक कार्यक्रम नगरी शोक मनाउने निर्णय गरेको हो ।

सो बैठकले फागुन २३ गते काठमाडौंमा केन्द्रिय शोकसभा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले मन्त्री अधिकारीको अन्तिम श्रद्धान्जलीका टुँडिखेल र पार्टी कार्यालय धुम्वाराहीमा राख्ने निर्णय गरेको छ ।

अधिकारीको अन्तिम संस्कार कास्कीमा हुने र दुर्घटनामा ज्यान गुमाएका अन्य व्यक्तिहरको शव परिवारजनलाई बुझाइँदैछ ।

बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सात जनाको निधन भएको थियो ।

प्रतिकृया दिनुहोस