जीप दुर्घटनामा परी चालकसहित २ जनाको मृत्यु

Durghatana

दाङ । दाङको बाहिरी संक्राममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ जना भने घाइते भएका छन् ।

बुधबार साँझ दाङको दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप जीप तुलसीपुर उपमहानगरपालिका १९ बाहिरी संक्राममा सडकबाट करिब १ सय मिटर तल खस्दा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक तुलसीपुर १९ बाँसगढीका १९ वर्षीय लाल बहादुर वली र जीपमा सवार तुलसीपुर १९ छिल्लीकोटका ५५ वर्षीय अम्बरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ५ जनाको तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस