पेन्सन अवधि पुगेपछि ८४२६ प्रहरीले छाडे संगठन, बाहिर अवसर खोज्नेको संख्या बढ्दै

Police

काठमाडौँ । प्रहरी प्रधान कार्यालयका अनुसार ०७१ पछि ८ हजार ४ सय २६ जनाले संगठन छाडेका छन् ।

छाडेका अधिकांश वैदेशिक रोजगार र आफ्नै व्यवसाय गर्दै आएका छन् । विशेषगरी दुबईमा सेक्युरिटी गार्ड र प्रहरीमा जान तल्लो दर्जाका प्रहरीले पेन्सन अवधि पुग्नासाथ राजीनामा दिने गरेको प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।

दुबईमा सुरक्षा गार्डले घटिमा मासिक ६५ हजारदेखि बढीमा १ लाख १५ लाख रुपैयाँसम्म पारि श्रमिक पाउँछन् ।

ठूलो संख्यामा दरबन्दी खाली भएपछि पूर्ति गर्न कम्तीमा २ वर्ष लाग्ने मुख्यालयले जनाएको छ ।

माथिल्ला दर्जाको बढुवा भएपछि रिक्त पद छिट्टै पूर्ति भए पनि जवानको हकमा समय लाग्ने जानकारी सुवेदीले दिए ।

अनुभवीले छाडेपछि नयाँ कर्मचारी पाको हुन समय लाग्ने र व्ययभारसमेत थपिने बुझाइ मुख्यालयको छ ।

प्रवक्ता सुवेदी भन्छन्, ‘बरु पेन्सन पाउने अवधि १६ बाट २० वर्ष बनाइए केही हदसम्म जागिर छाड्नेको संख्या घट्थ्यो ।’

महँगीअनुसार तलबमा समेत समायोजन गर्नुपर्ने सुझाव मुख्यालयले गृह मन्त्रालयलाई दिएको छ ।

प्रतिकृया दिनुहोस