अवैध हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

Pakkrau 1

सुनसरी । अत्याधुनिक हतियार सहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।

सुनसरीको धरान–५ पानवारी सडकखण्डबाट लङ मेशिन गन एलएमजी र एम सिक्स्टिन राइफल सहित मोरङको बेलबारी–१० का देवकुमार लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पूर्वतर्फ गइरहेका लिम्बुको साथबाट बरामद भएका दुवै अत्याधुनिक हतियार चालु अवस्थामा रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस