शोकमा डुब्यो पोखरा, अधिकारी निवासमा आफन्तजन शोकाकूल

Sok ma pokhara

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक पोखरास्थित उनको निवासमा पुगेका छन् ।

बुधबार दिउँसो १.१५ मा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

२०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका रबिन्द्र अधिकारी सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्थे ।

विद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय रहेनन्, २०४४ मा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ मा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष भए ।

२०४७ मा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचित भए । २०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बनेका भएका अधिकारी २०५३ मा नै स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित भए ।

०४६ को जनआन्दोलनमा क्रियाशील रविन्द्र अधिकारीले पञ्चायत कालमा पटकपटक गरी ६ महिना जेल र हिरासतमा बिताएका थिए । २०४५ मा पार्टीको संगठित सदस्यता प्राप्त गरेका अधिकारी २०३९ मा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भएका थिए ।

२०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव र ०६३ मा पनि पुनः सचिवमा निर्वाचित भए । ०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्दको आन्दोलनमा पटकपटक गरी ५ महिना जेल बसे ।

त्यति मात्रै होइन, उनको भुमिका संविधानसभादेखि हालको प्रतिनिधिसभासम्मै प्रभावकारी बन्यो । ०६४ र २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं. ३ बाट निर्वाचित भएपछि संसदमा खेलेको भूमिका सबैलाई अवगत भएकै कुरा हो । उनी अहिले पर्यटन मन्त्री थिए ।

उनी पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्रयाक, नीजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल लगाएतका आयोजनाको अनुगमन तथा निरक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशिल थिए ।

तर, बुधबार तेह्रथुमको चुवानडाडामा एयरपोर्टको सम्भाव्य अध्ययन गर्न गएका अधिकारी फेरि नफर्किनेगरी अस्ताएका छन् । हेलिकोप्टरमा सवार मन्त्रीसहित सबै ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रविन्द्र अधिकारी, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन आङछिरिङ शेर्पा, अध्यक्ष यति एयरलाइन्स वीरेन्द्रप्रसाद श्रेष्ठ, उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण अर्जुनकुमार घिमिरे, मन्त्री अधिकारीका पिएसो युवराज दाहाल, प्रधानमन्त्री कार्यालयका सल्लाहकार धुब्रदास भोछिभया, इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण हेलिकप्टर क्याप्टेन, प्रभाकर केसी रहेका छन् ।

यसअघि पनि २०६३ साल असोज ७ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा तत्कालिन वनमन्त्री गोपाल राई, पञ्चायत कालमा राज्यमन्त्री भइसकेका भूगोलविद् डा. हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । सो दुर्घटना ताप्लेजुङको घुन्सामा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...