बिना पद राप्रपामा प्रवेश गरे दिपक बोहोरा

Dipal bohora

काठमाडौं । पूर्वमन्त्री दीपक बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए ।

उनकै अगुवाईमा भेला गरेर राप्रपा प्रजातान्त्रिक ब्यूँताउने प्रयास समेत भएको थियो । तर अनितम समयमा आएर आइतबार राप्रपा अध्यक्ष कमल थापाको हातबाट टीका र माला लगाएर बोहोरा राप्रपामा प्रवेश गरेका हुन् ।

आइतबार नयाँ बानेश्वरमा बोहोरा राप्रपामा प्रवेश गरेको र एकताको आधारपत्रमा राप्रपा अध्यक्ष कमल थापा र दिपक बोहराले हस्ताक्षर गरेका थिए ।

बोहोरा राप्रपा प्रवेश गरे पनि उनको पद तोकिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...