कांग्रेस केन्द्रीय समिति बस्दैः यसरी लाग्दैछ विधानमा टुंगो

Congresh

काठमाडौं । पार्टीको विधानमा सहमति जुटाउन लामो समयदेखि प्रयासरत नेपाली कांग्रेसले आइतबार सहमति भएका बिषयमा टुंगो लगाउँदै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकले सहमति भएका बुँदाहरुलाई पारित गर्दै बाँकी बिषयमा छलफल गर्नेछ । महाधिवेशन प्रतिनिधिका लागि केन्द्रीय सदस्य तलैबाट चुनिएर आउनुपर्ने, नपर्ने तथा समानुपातिक सांसद दोस्रो कार्यकाल दोहोरिन पाउने की नपाउने भन्ने विवाद तत्कालका लागि थाती राखिने केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभएको छ ।

केही केन्द्रीय सदस्यहरुले महासमितिबाट पारित विधानलाई हुबहु लागू गरिनुपर्ने अडान लिएकै कारण समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

हिजो सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा पनि विवाद देखिएपछि विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विवादित बिषय थाती राखेर विधान पारित गर्नुपर्ने मध्यमार्गी प्रस्ताव राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...