कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघले आज विरोध प्रदर्शन गर्दै

Nebi

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विरोध प्रदर्शन गर्दैछ । पाटी नेताहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले प्रदर्शन गर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्नु अघि खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनको नेतृत्व नेविसंघ पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले गर्दै छन् ।

मौन प्रदर्शनमा पार्टीभित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, अन्तरघात गर्नेलाई कार्वाही गरौं जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन पनि गर्ने तयारी छ । ११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति भने भंग भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...