नेकपाले गठन गरेको कार्यदलका बहुमत सदस्यहरुले आज समानान्तर प्रतिवेदन बुझाउँदै

Nekapa

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलका बहुमत सदस्यहरुले आज समानान्तर प्रतिवेदन बुझाउँदै छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउने कार्यदल सदस्यको तयारी रहेको छ ।

हिजो नै बहुमत सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग समानान्तर प्रतिवेदन बुझाउनका लागि समय मागेका थिए । तर उहाँले कार्यव्यस्तताको कारण देखाउँदै समय नदिएपछि आज प्रतिवेदन बुझाउने तयारी भएको सदस्य बेदुराम भुसालले जानकारी दिएकी छिन् ।

रामबहादुर थापा नेतृत्वमा रहेको कार्यदलले यसअघि बुझाएको प्रतिवेदन अपुरो रहेको भन्दै विवादित विषय समावेश गरेर समानान्तर प्रतिवेदन तयार भएको छ । त्यसमा जिल्ला कमिटीको नेतृत्व बाँडफाँट मापदण्ड, विधिसहितको संगठनात्मक एकीकरणको प्रस्ताव समावेश गरिएको भुसालको भनाइ छ ।

९ सदस्यीय कार्यदलमा रहेकाहरुमध्ये योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डेले समानान्तर प्रतिवेदन तयार पारेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...