राष्ट्रिय स्वाभिमान यात्रा अगाडीनै जयन्त चन्दसहित १८ नेताले राप्रपा छाडे (नामावलिसहित)

52586527 415857485886747 3378547370978443264 n

काठमाडौं । जयन्त चन्दसहित १८ नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छाडेका छन् । पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा चन्दसहित १८ नेताले एक घोषणा सुची मार्फत राप्रपा छोडेका हुन् ।

संगठन सुदृढिकरणका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु हुनु अब केहिमात्रै बाँकी रहँदा चन्दसहितका नेताहरुले राप्रपाबाट अलग भएको घोषणा गरे । राप्रपाबाट अलग भएको घोषणा गर्नेहरुको सूचीमा चन्दको नाम पहिलो नम्बरमा छ ।

उनीसँगै भरत पाठक, भरत गिरि, प्रल्हाल साह, दिनेश श्रेष्ठ गोविन्द खनियाले पनि पार्टी छाडेका छन् । सानुकाजी हेक्का, चिरागमानसिँह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरि, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि राप्रपा परित्याग गरेका छन् ।

राप्रपा त्याग्नुको कारण सोध्दा चन्द भन्छन्, ‘सचेततापूर्वक नै यो निर्णय लिएका हौं, पार्टी छाड्नुपर्ने कारणहरु धेरै छन् ।’ उनका अनुसार केही दिनमा नै भावी योजना सार्वजनिक गरिनेछ ।

राप्रपा संयुक्ततिर नजिक: नेताहरुका अनुसार यो समूहले पछिल्लो समय तीन वटै राप्रपा (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी) मिल्नुपर्ने दबाव दिँदै आएको थियो । एकताको सहमति नजिक पुगेपछि अन्तिममा थापा नेतत्वको राप्रपा छुट्यो ।

राणा र लोहनीले पार्टी एकता गरेर राप्रपा संयुक्त बनाएको घोषणा गरेका छन् । स्रोतका अनुसार चन्द नेतृत्वको यो समूहले ‘तीन वटै पार्टी मिल्न सक्दैनन् भने दुई वटा भएपनि मिल्नुस्’ भनेर नेतृत्वलाई दबाव दिएका थिए ।

त्यसैले यो समूह छिट्टै राप्रपा संयुक्तमा समाहित भए अनौठो नहुने नेताहरु बताउँछन् ।

लोकेन्द्रबहादुरको पनि मोहभंग: जयन्तले राप्रपा छाडेपछि धेरैको चासो छ, उनका बाबु पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चाहिँ कता होलान् ?

उनी राप्रपामा कमल थापापछि दोस्रो वरियताका नेता हुन् । अघिल्लो पटक पार्टी एकता गराउन भूमिका पनि खेलेका थिए । तर, आजभोलि राप्रपाको सक्रिय राजनीतिमा नरहेको छोरा जयन्तले अनलाइनखबरलाई बताए । उनले भने, ‘एक प्रकारले मोहभंग भएको छ, सक्रिय राजनीतिमा हुनुहुन्न ।’

यद्यपि सबै राप्रपा एकै ठाउँमा आओस् भन्ने चाहना अहिले पनि रहेको जयन्त बताउँछन् ।

तर, उनलाई राप्रपा संयुक्तले आफूतिर तान्ने प्रयास गरिरहेको पाइएको छ । राणा र लोहनीले सबै निर्णय दुई अध्यक्षसँगै पूर्वप्रधानमन्त्रीको सहमतिमा गर्ने भनेका छन् । जबकी राप्रपामा जीवित पूर्वप्रधानमन्त्री चन्द मात्र छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...