परराष्ट्रमन्त्री ज्ञवाली ५ सदस्यीय टोलीसहित जेनेभा प्रस्थान, १६ गते स्वदेश फर्किने

Pradip gyawali

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को चालिसौं बैठकमा भाग लिने ५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार साँझ जेनेभातर्फ प्रस्थान गरेका छन् ।

फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा १४ गते परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले युरोपेली आणविक अनुसन्धान संगठनको पनि भ्रमण गर्नेछन् । मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघ र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । प्रतिनिधिमण्डल फागुन १६ गते स्वदेश फर्किने छ । प्रतिनिधिमण्डललाई विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव शंकरदास वैरागी तथा मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...