‘कमजोर कार्यशैलीले सोचेजस्तो विकास भएन’ : डा. भट्टराई

Baburam 33

दुल्लु । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताएका छन् ।

पार्टीको एक महीने अभियानका क्रममा दैलेख सदरमुकाममा भएको सुशासन र सदाचार अन्तरक्रिया कार्यक्रममा उनले अख्तियार आयोगको जस्तै संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार हुन नसक्ने टिप्पणी गरे ।

बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि देश विकासको स्थिति यस्तै रहनसक्ने खतरा औँल्याउँदै उनले विज्ञान र प्रविधिले पुरातन विश्वास भत्काएका कारण आशा जगाएको बताए ।

सोही अवसरमा जिल्लास्थित राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, नागरिक समाज र सर्वसाधारणले सशस्त्र युद्धकालमा भएको मानवीय तथा भौतिक क्षतिको दोषबाट नयाँ शक्ति उम्कन नहुने, पीडितको न्यायका लागि दायित्व लिनुपर्ने, सामाजिक तथा सांस्कृतिक समस्याका विषयलाई समेत जनसंवादको विषयवस्तुमा समेट्न सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...