नेपाली कांग्रेसको केन्द्रीय समिति बस्दैः यस्ता छन् एजेन्डा

Congress meeting

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज बस्दैछ । महासमितिबाट पारित विधानलाई अन्तिम टुंगो लगाउन पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।


कांग्रेसले केन्द्रीय कार्यसमिति मार्फत् महासमितिबाट पाएको म्यान्डेडलाई टुंगो लगाउन छलफल जारी राखेको छ । केही नेताहरुले भने महासमितिको निर्णयलाई केन्द्रीय कार्यसमिति मार्फत् संशोधन गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् ।


आजको बैठकमा कांग्रेसको भातृसंगठन नेपाल विधार्थी संघको महाधिवेशनका बिषयमा समेत छलफल हुने केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । नेविसंघको कार्यसमिति विघटन भएसँगै नयाँ नेतृत्वका बिषयमा छलफल शुरु भएको हो ।

कांग्रेसले महाधिवेशन गराउनका निम्ति तदर्थ समिति गठनको जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

प्रतिकृया दिनुहोस