नेकपा सचिवालय बस्दैः के–के छन् एजेन्डा ?

Nekapa

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिलेकेहिबेरमा बस्ने बैठकमा पार्टीको एकता कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

गृहमन्त्री रामबहादुर थापा बादल संयोजकत्वको ९ सदस्यीय कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथिको छलफलपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले एकताको खाका प्रस्तुत गर्ने भएका छन् । कार्यदलले एकतामा सहमति जुटाउन नसकेपछि अध्यक्षद्वय नै लागेका छन् ।

आजको बैठकबाट नेकपाभित्र रहेका तल्ला कमिटीको एकताका बिषयमा टुंगो लाग्ने महासचिव बिष्णु पौडेलले जानकारी दिए । तत्कालिन एमाले र माओवादी केन्द्र एकता भएको ९ महिना बितिसक्दापनि एकताको टुंगो लागेको छैन । केन्द्रीय सदस्यहरु जिम्मेवार विहीन भएका छन् भने जिल्लाका नेता कार्यकर्ता अलमलमा परेका छन् ।

प्रतिकृया दिनुहोस