सिवाईसी अत्तरिया धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश

Dpl cricket2 1

धनगढी । दिपेन्द्र सिहं ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर्समा ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया फाइनलमा पुगेको हो ।


अब अत्तरियाले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायर्सको विजेतासंग खेल्नेछ । काठमाडौंले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको बिजेतासंग दोस्रो क्वालिफायर्स खेल्नेछ ।


भोली हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । बिजेताले शुक्रबार फाइनल प्रवेशका लागि काठमाडौंसंग खेल्नेछ ।


फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८ ओभर ३ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर ११० रन बनाएको थियो ।


लिग चरणमा अत्तरिया शीर्ष स्थानमा रहदै क्वालिफायर्समा पुगेको थियो भने काठमाडौं दोस्रो स्थानमा रहेर क्वालिफायर्समा पुगेको थियो ।

प्रतिकृया दिनुहोस