प्रधानमन्त्री ओलीले आज सुदुरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै

Oli

काठमाडौं । प्रधानमन्त्रीमा निर्वाचित भएको एक वर्षपछि नेकपा अध्यक्ष केपी शर्मा ओली सुदुरपश्चिमका बिभिन्न कार्यक्रममा व्यस्त छन् ।

प्रदेशसभालाई सम्बोधन गर्ने बिषयलाई लिएर पार्टीका स्थानीय कमिटिहरु बीच विवाद भएपछि प्रधानमन्त्रीको भ्रमण ढिलो भएको हो । सुदुरपश्चिम प्रदेशको २ दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आज सुदुरपश्चिमको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दैछन् ।

प्रदेशसभा बैठक अहिले केहीबेरपछि बस्ने छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सुदुरपश्चिमको विकासलाई प्राथमिकता दिनु हुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीले यसअघि प्रदेश १, २, ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गरिसकेका छन् ।

कर्णाली प्रदेशसभालाई सम्बोधन गर्न बांकी छ । सुदुरपश्चिमका बिभिन्न कार्यक्रममा सहभागीता जनाउन हिजो धनगढी पुगेका प्रधानमन्त्री ओलीले मध्यान्ह १२ बजे नेकपाका सुदुरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली हिजो पनि दिनभर बिभिन्न कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री आज साँझ काठमाडौं फर्कनेछन् ।

प्रतिकृया दिनुहोस