संसद र संसदका समितिका बैठकहरु बस्दै, यी विधेयक पेश हुनेछन्

Samsad

काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा विभिन्न संसोधन विधेयक पेश हुनेछन् । बैठक दिउँसो २ बजे बोलाइएको छ । आज संसदका विभिन्न समितिहरुका बैठक पनि बस्दैछन् । विधायन व्यवस्थापन समितिमा ज्येष्ठ नागरिक सम्बन्धि पहिलो संशोधन विधेयकमा छलफल हुनेछ ।

लेखा समितिको बैठकमा मलेपद्वारा प्रकाशित विभिन्न वर्षका वार्षिक प्रतिवेदनहरूमा उल्लेखित बेरुजु र सार्वजनिक संस्थानका पदाधिकारीसँग छलफल हुनेछ । दिगो विकास तथा सुशासन समितिमा समितिको कार्ययोजना सम्बन्धि उपसमितिले पेश गरेको प्रतिवेदन माथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । सबै समितिका बैठकहरु बिहान ११ बजे बोलाइएका छन् ।

प्रतिकृया दिनुहोस