विकास र समृद्धिको नेपाली चाहना पुरा हुने विन्दुमा पुगेको छ: प्रधानमन्त्री ओली

Oli rojgar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् ।

६९ औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार ‘समृद्ध नेपाल,सुखी नेपाली’ को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको बताएका छन् ।

निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गगर्दै गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका लाग्नुपर्नेमा उनको जोड छ । २००७ साल फागुनमा आजकै दिन जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तीको आन्दोलनमा शाहदत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले जनताको त्यही बलिदानीले देश अहिले नयाँ प्रणाली,नयाँ परिपाटी र नयाँ संविधानको अभ्यासमा रहेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...