गायक पशुपति शर्माको 'लुट्न सके लुट' गीत बारेको विवाद संसदसम्म

Images cms image 000068289

काठमाडौं । चर्चित लोक कलाकार पशुपति शर्माले गाएको गीत ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतको विवाद संसदसम्म पुगेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसदले शर्माले गाएको गीत हटाउनुपर्ने अवस्था नरहेको बताउदै समर्थन गरेपछि नेकपाका सांसदले यसको विरोध गरेका थिए ।

काँग्रेस सांसद अमरेशकुमार सिंहले शर्माको गीत वास्तविक रहेको भन्दै २५ हजार पुरस्कार दिने घोषणा संसदबाट गरेपछि नेकपा सांसद झपट रावलले त्यसको खण्डन गरे । शर्माको गीतले राष्ट्रपति, प्रधानमन्त्री, नेता कार्यकर्तालाई अपमान गरेको भन्दै नेकपाका कार्यकर्ताले बिरोध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस