एक वर्षे कार्यकालमा सरकार तेस्रो श्रेणीमा समेत पास हुन नसकेको कांग्रेसको आरोप

Congress meeting

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षे कार्यकालमा गरेका कामलाई तेस्रो श्रेणीमा पास हुन पनि नम्बर नपुगेको निबन्धको संज्ञा दिएको छ । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै यस्तो आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको एक वर्षे कार्यकाल तेस्रो श्रेणीमा पास हुन पनि नम्बर नपुगेको निबन्ध जस्तो रहेको बताए । प्रवक्ता शर्माले ओली नेतृत्वको सरकारले एक वर्षमा सबैभन्दा बढी विश्वसनीयता गुमाएको बताए  । उनले एक वर्षमा सरकारले हालेको ‘समृद्धिको जग’ बालुवाको भएको टिप्पणी गरे ।

सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको जग हालेको दाबी गरेका थिए ।

कूटनीतिक सम्बन्धमा पनि ओली सरकारले गरिबी देखाएको कांग्रेसको आरोप छ । पछिल्लो पटक भेनेजुएला प्रकरणमा त केटाकेटी आए, गुलेली खेलाए मट्याङ्ग्राको सत्याशान भएको जस्तो भएको प्रवक्ता शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...