प्रहरीलाई घुस दिन खोज्ने २ टिपर चालक पक्राउ

3 jana pakrau

काठमाडौँ । शनिबार राति बल्खुस्थित सडकमा सवारीसाधनको कागजात जाँच गर्ने क्रममा प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोज्ने टिपर चालक पक्राउ परेका छन् ।

बा ४ ख ६७७१ र बा ३ ख ६५६८ नम्बरका टिपर चालकसँग आवश्यक कागजात माग गर्दा उनीहरुले घुस दिन खोजेका थिए ।

पक्राउ पर्नेहरुमा मकवानपुरको थाहा नगरपालिका-४ घर भएका २३ वर्षीय ओमबहादुर कार्की र थाहा नपा-४ कै २४ वर्षीय लक्ष्य पन्त रहेका छन् । उनीहरु दुवैजना ललितपुरको नख्खुमा डेरा बस्दै आएका थिए ।

दुवैले आफूहरुसँग कागजपत्र नभएको बताउँदै ५०० रुपैयाँ घुस दिन खोजेपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएका प्रहरी सहायक निरीक्षक धन सिंह ठकुरीले पक्राउ गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...