पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबिच झडप हुँदा दर्जनौं घाइते

Pokhari

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीमा माछा मार्ने विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

पोखरीको माछा मार्ने विषय उत्पन्न भएको विवादले झगडाको रुप लिएपछि नियन्त्रणका लागि प्रहरीले ५ राउण्ड हवाई फायर तथा लाठीचार्ज समेत गर्यो ।

सिकिया मण्डलको आफन्त सुशील मण्डलको स्वामित्वमा रहेको पोखरी सुखीपुर नगरपालिकाले ठेक्का लगाएपछि मण्डल पक्षले आफ्नो पोखरी भन्दै नगरपलिकामा उजुरी र अदालतमा समेत मुद्दा हालेको थियो ।

माछा मार्न जाँदा ठेक्कादार पक्षले रोकेपछि दुई पक्षबीच विवाद भइ झगडा भएको थियो । भिडलाई तितरबितर पार्न हवाई फायर गरेको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रहरीले हवाई फायर गर्दा भगाभाग भएपछि पोखरी दाबी गर्ने पक्षका नौजना र ठेक्केदार पक्षको दुईजना घाइते भएको छ ।

घाइते हुनेहरुमा भरोषी मण्डल, सकल मण्डल, दिनेश मण्डल, सुनील मण्डल, मिन्टु मण्डल, विष्णु मण्डल, विनोद मण्डल, रामबाबु मण्डल र श्याम कुमार मण्डल छन् भने ठेकेदार पक्षका श्रीनरायण यादव र ठेकेदार रमेश कुमार यादव छन् । घाइतेहरुको उपचार सुखीपुर पोलिक्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमा पुनः झगडा हुन नदिन रातमा पनि प्रहरी तैनाथ रहने एसपीले बताए । झगडाको विषयमा बुझ्न प्रयास भइरहेको सुखीपुर नपाका मेयर रामऔतार यादवले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...