प्रदेश सरकारद्धारा बाँके जिल्लाका ६ वटा गाउँलाई ‘स्मार्ट गाउँ’ घोषणा

Bankee221`

नेपालगन्ज । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले २८ माघमा कोहलपुर नगरपालिका–१३ खड्गबारमा कागतीको बिरुवा रोपेर जिल्लाको पहिलो स्मार्ट गाउँ घोषणा गरिन् ।

गाउँमा स्थानीय रिमबहादुर खत्रीको संयोजकत्वमा स्मार्ट कृषि गाउँ सञ्चालन समिति गठन गरेर काम सुरु भइसकेको छ ।

३ फागुनमा राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुर सर्रीमा प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ ले केराको बोट लगाएर जिल्लाको दोस्रो स्मार्ट कृषि गाउँको उद्घाटन गरिन् ।

‘किसानलाई आत्मनिर्भर बनाउन कृषिको आधुनिकीरण र व्यवसायिककरण आवश्यक छ’, सांसद नमूनाको भनाइ थियो । यो गाउँमा पनि चक्रबहादुर थारु स्मार्ट कृषि गाउँ सन्चालक समितिको संयोजक छन् ।

प्रदेश सरकारले हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा गरी १२ जिल्लामा ५२ वटा स्मार्ट कृषि गाउँ घोषणा गर्दैछ ।

हरेक स्मार्ट कृषि गाउँलाई प्रदेश सरकारले ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोहलपुरको खड्गवार र राप्ती सोनारीको सर्रीसमेत गरी जिल्लामा ६ वटा गाउँ स्मार्ट घोषणा हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार खजुरा गाउँपालिका–२ सीतापुर, नेपालगन्ज उपमहानगरपालिका १२ को बेलासपुर क्षेत्र, बैजनाथ गाउँपालिका–४ को नौलापुर-तिलकपुर, डुडुवा गाउँपालिका–३ बनकट्टी, हल्बलडोली, हल्कारापुर्वा गरी ६ वटा गाउँ छनोट गरिएको छ ।

‘वर्षे बाली धान र हिउँदे वाली त भइरहेको छ । तीन बालीका लागि यो कार्यक्रमले मद्दत गर्नेछ’, प्रमुख ढकालले अन्नपूर्णसँग भन्छन्, ‘तेस्रो बालीको रुपमा धेरै ठाउँमा तरकारी र मकैलाई चयन गरिएको छ ।हरेक वर्ष ८ अर्बको मकै निर्यात गरिने भएकाले जति पनि खपत गर्न सकिन्छ ।’

प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रम सन्चालन कार्य्विधि २०७५ अनुसार जलवायु समानुकूलित प्रविधि र अभ्यास अवलम्बन गरिने, सिँचाइमा २० देखि ३० प्रतिशत रकम, पोषक तत्वका लागि १० देखि २० प्रतिशत, ३० देखि ४० प्रतिशत स्मार्ट प्रविधिमा खर्च हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...