विद्युत नहरमा पहिरो जाँदा डोल्पामा विद्युत सेवा बन्द

Light 12

डोल्पा । जिल्लाको सदरमुकाम दुनैमा रहेको जैरिगार विद्युत उत्पादन केन्द्रको नहरमा शनिबार राति ९ बजे पहिरो जाँदा विद्युत सेवा अवरुद्ध भएको हो ।

दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द भएको छ ।

कुल २०० किलोवाट क्षमता रहेको जैरिगार विद्युत उत्पादन केन्द्रको नहरमा सुख्खा पहिरो खसेपछि विद्युतको नहर भत्काएर क्षतविक्षत पारेको छ ।

नहरमा पहिरो खसेपछि सदुरमुकाम दुनैसहित आसपासका १२ सय घरधुरी अन्धकार भएका छन् ।

भिरालो पहराबाट सल्लाका रुखहरु, ठूला ढुंगाहरु खसेपछि विद्युतको नहरमा ठूलो क्षति भएकाले निर्माण गर्न निकै समय लाग्ने विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रले जानकारी दिएको छ ।

पहिरोको कारण नहरमा राखिएका फलामका पाइप सबै भाँचिएका छन् भने अधिकांश पहिरोमा पूरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी,वडा अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्र निरीक्षण गरेको छ । पहिरोले ठूलो मात्रामा क्षति गरेकाले पुर्न्निर्माण गर्न महिना दिनभन्दा बढी लाग्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी बताए ।

कार्यालयका प्राविधिकले भोली पुर्न्निर्माण गर्न लाग्ने खर्चको विवरण निकाल्ने र जनश्रमदान अनुदान गरेर जतिसक्दो छिटो विद्युत संचालन गर्नमा लागि पर्ने प्रजिअ थापाले बताए ।

तत्काल सबै निकायको बैठक बसी कति अनुदान र कति जनश्रमदानबाट गर्न सकिन्छ, निष्कर्ष निकालेर विद्युत सेवा सञ्चालन गर्नमा स्थानीय सरकार लागिपर्ने ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले जनाए ।

वडा अध्यक्ष न्यौपानेले श्रमदानबाट विद्युतको नहर मर्मत गर्र सम्बन्धीत निकायलाइ दवाव दिने बताए ।

द्युत अवरुद्ध हुँदा सरकारी तथा गैर सरकारी कार्यालयका कामहरु समेत प्रभावित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...