प्रहरीद्धारा ३० किलो अबैध चरेससहित ३ जना पक्राउ

Pakrau 12

बुटवल । शनिबार साँझ ६ बजे बुटवल बसपार्कबाट ३० किलो लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

५ नं. प्रदेश प्रहरी ब्यूरोको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं. ७ का ३६ वर्षीय राजु कुमार स्याङताङ, सोही नगरपालिका वडा नंं ९ का ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले मकवानपुरबाट आलुसहित बोरामा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको बताए ।

दुइटा आलुको बोरामा ६० वटा लाप्सा बनाएर लुकाएर ल्याएको उक्त चरेस बुटवल बसपार्कबाट अटोरिक्सामा राखी इँट्टाभट्टातर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको मल्लले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई लागुऔषध मुद्दामा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

पछिल्लो समय बुटवलबाट ठूलो परिमाणमा चरेससहित लागुऔषध कारोबारमा संलग्नहरू पक्राउ पर्ने क्रम बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...