पोखरा जगदम्बा ट्राभल्सद्धारा बागलुङ–काठमाडौँ बस सेवा शुरु

Bus 12111

बागलुङ । पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ । उक्त बस बीस सिट क्षमताको रहेको छ ।

आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ ।

वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ ।

यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

‘बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ’, उनले भने, ‘यात्रुको सन्तुष्टी र सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ’, धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो ।

बागलुङ–काठमाडौँ भाडादर रु १५०० तोकिएको छ । जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ ।

अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...