कांग्रेसको १ वर्ष : अलमल र निष्प्रभावी, कम्पास हराएको जहाजजस्तो

Nepali congress meeting

काठमाडौं । दुई तिहाइ बहुमतका साथ नेकपाले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ । संसदमा कांग्रेस बाहेक अर्को बलियो दल छैन् । चुनावी परिणाममा पराजित कांग्रेस संसद भवनबाट प्रतिपक्षी दलको कदम अघि बढाउँदा लड्खडाएजस्तो, कम्पास हराएको जहाजको जस्तोस्थितिमा पुगेको छ ।

मधेसकेन्द्रित दललाई सत्तारेखाभित्रै राख्न नेकपा सफल भएको छ । केपी ओलीको व्यक्तित्व, स्वकार्यता र आत्मविश्वासको ओजमा प्रमुख प्रतिपक्षी कतै हराएजस्तो देखिन्छ । त्इसमाथि डेढ दशकदृेखि प्रतिपक्षीय राजनीतिभन्दा पनि सहमतिको राजनीतिले बढी प्राथमिकता पाउँदै आएको छ । सबै समस्याको समाधान संसदबाट भन्दा राजनीतिक नेतृत्वको आपसी छलफलबाट खोज्ने परम्परा योबीचमा निक्कै झाँगिदै गएको छ ।

त्यसैले पनि यसपटक प्रमुख प्रतिपक्षीय भुमिकामा कांग्रेस केही अलमलिएको हुनसक्छ । प्रतिपक्षको मानक के हो भन्ने कांग्रेसले बिर्सिएजस्तो देखिन्छ । प्रतिपक्षले के गर्नुपर्छ भन्ने सार्वजनिक विमर्शबाट पनि गायब भएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...